पु.समाचार

महाराजगन्जबाट एकाबिहानै आयो दु:खद खबर

काठमाण्डौ । टिप्परको ठक्करबाट महाराजगन्जमा एकको मृत्यु भएको छ । मृतक मोटरसाइकल चालक रहेको र सनाखत हुन बाँकी छ । अर्का एक गम्भीर घाइते भएका छन् ।

महाराजगन्जबाट चाबहिल जाँदै गरेको बा ४ ख ६२७० नम्बरको टिप्परले बा ३४ प ४२८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बस्ने अर्का एक जनालाई गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।