राजनीति

राष्ट्रियसभा गठन सम्बन्धमा कानूनमन्त्रीले दिए महत्वपूर्ण प्रतिक्रिया

काठमाण्डौ । कानुनमन्त्री यज्ञबहादुर थापाले सरकारले कानून अनुसारनै राष्ट्रियसभा अध्यादेश ल्याएकोले यो तत्काल पारित हुनुपर्ने बताएका छन् । शनिबार एक रेडियो अन्तरवार्ताका क्रममा कानूनमन्त्री थापाले सो कुरा बताएका हुन् ।

अन्तरवार्तामा बोल्दै कानुनमन्त्री थापाले अध्यादेशमा सहमति जुट्ने वा नजुट्ने भन्ने कुरा गौण रहेको बताउँदै त्यो कानूनसम्बत भएकोले त्यसलाई तत्काल पास गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘राष्ट्रियसभा विद्येयक पास गर्ने अलमल र अनिश्चितताको बादल केही दिनमै फाट्नेछ, राष्ट्रियसभा गठनको ढोका खुल्नेछ ।’

मन्त्री थापाले राष्ट्रपतिले सबै दलहरुको कुरा सुन्नु जायज भएपनि संविधान विपरित हलो अड्काउने काम नगर्नेमा आफुहरु विश्वस्त रहेको बताए ।

राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभाले समेत पूर्णत नपाउने भएकोले तत्काल यो विषयमा सहमति जुटाउन दलहरु लाग्नुपर्नेमा उनले जोड दिए ।