आर्थिक

अनमिन कार्यालय बसेको भवनको साढे ३ करोड रुपैयाँ भाडा तिर्ने विषयमा लफडा !

काठमाण्डौ । विगतमा शान्ति सम्झौताको मध्यस्थता गर्न आएको राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) कार्यालय बसेको घरभाडा तिर्न सरकारले आनकानी गरेको छ ।

काठमाण्डौको नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र अनमिनले त्यसबेला घरभाडामा लिएर कार्यालय सञ्चालन गरेको थियो ।

सरकारले अहिले सो भवनको तिर्नुपर्ने साढे ३ करोड रुपैयाँ भाडा नतिरेको भन्दै समाचार बाहिर आएको छ । सो कार्यालयबाट अनमिन विदा हुनु ३ वर्षअघि देखिनै भाडा नतिरिएको र अहिले त्यसको समयावधि ८ वर्ष पुगेको श्रोतले बताएको छ ।

अनमिन फर्किएपछि त्यसको भाडा सरकारले तिर्ने निर्णय भएपनि त्यसतर्फ अहिलेसम्म सरकारले चासो नदिएको बताइएको छ ।

सरकारी श्रोतका अनुसार भाडा तिर्ने तयारी गरिएपनि प्रक्रियागत रुपमा ढिला हुँदा अहिलेसम्म तिर्न नसकिएको बताइएको छ ।