खेलकुद

सर्वाधिक राशीको अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम गोल्डकपको तयारी तीव्र

कैलाली । सर्वाधिक पुरस्कार राशीको दोश्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम गोल्डकप प्रतियोगिताको तयारी तिव्र रुपमा अघि बढेको छ । कैलालीको धनगढीमा आयोजना हुने सो प्रतियोगिता आगामी पुष २१ गतेदेखि सुरु हुँदैछ ।

माघ ११ गतेसम्म चल्ने सो प्रतियोगितामा २ विदेशीसहित १२ टिमको सहभागिता रहने आयोजक पक्षले जनाएको छ ।

प्रतियोगितामा विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार पाउने जनाइएको छ ।

प्रतियोगितामा नेपालका प्रतिष्ठित क्लबहरु त्रिभुन आर्मी क्लब, मनाङ मस्याङदी क्लब,साहारा क्लब, एपीएफ क्लब लगायतले सहभागिता जानउने छन् भने भारत र भुटानका दुई क्लबको पनि सहभागिता रहनेछ ।