पु.समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयविरुद्ध नेपालको मतदान !

काठमाण्डौ । नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयको विपक्षमा मतदान गरेको छ । शुक्रबार संयुक्त राष्ट्रसंघीय महासभामा इजरायलको राजधानी जेरुसेलम हुनुपर्ने निर्णयलाई फिर्ता लिनुपर्छ भन्ने राष्ट्रसंघको पक्षमा नेपालले मतदान गरेको हो ।

अमेरिकाले भने इजरायलको राजधानी जेरुसेलम हुनुपर्ने आफ्नो अवधारण बाहिर ल्याएको छ । राष्ट्रसंघको सो निर्णय फिर्ता लिनुपर्ने भन्ने पक्षमा अमेरिकाका घनिष्ठ मित्रराष्ट्रहरुले समेत मतदान गरेका छन् ।

जसमा बेलायत, रुस, चीन लगायतका शक्ति राष्ट्रहरुले समेत राष्ट्रसंघको निर्णय फिर्ता लिनुपर्छ भन्ने प्रस्तावतर्फ मतदान गरेका छन् ।

यो मतदान प्रक्रियाले अमेरिकाले उठाएको सो विषयमा संसारभरका शक्ति राष्ट्रहरु उसको विरोधमा देखिएका छन् । एसिया प्यासिफिक क्षेत्रबाट भने नेपाल लगायत ५२ राष्ट्रले राष्ट्रसंघको प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

आफ्नो देशको निर्णयविरुद्ध मतदान गर्ने राष्ट्रहरुसँग आर्थिक लगायतका सम्बन्धहरु ताड्ने चेतावनी अमेरिकाले दिएको छ ।