पु.समाचार

यी दुई दर्जन मन्त्रीहरुले बुझाएनन् अहिलेसम्म सम्पत्ति विवरण !

काठमाण्डौ । सरकारमा सहभागी भएको तीन महिनाभन्दा बढी समय भएपनि करिब दुई दर्जन मन्त्रीहरुले अहिलेसम्म सम्पत्ति विवरण नबुझाएको पाइएको छ । उपप्रधानमन्त्री कमल थापा लगायतका करिब २४ जना मन्त्रीहरुले अहिलेसम्म सम्पत्ति विवरण नबुझाएका हुन् ।
जसमा उपप्रधानमन्त्रीदेखि मन्त्री र राज्यमन्त्रीहरु समेत परेका छन् । उनीहरुले सम्पत्ति विवरण बुझाउनुपर्ने नेपाल सरकारको नियमलाई ताडेर भ्रष्टाचार निवारण ऐनलाई समेत चूनोती दिइरहेको पाइएको छ ।

प्रधानमन्त्री कार्यालय श्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वका सरकारमा अहिले ६४ जना मन्त्रीहरु रहेका छन्, जसमा ४० जनाले मात्र सम्पत्ति विवरण बुझाएको पाइएको छ ।

सम्पत्ति विवरण नबुझाउने मन्त्रीहरुमा उद्योगमन्त्री सुनिलबहादुर थापा, वनमन्त्री विक्रम पाण्ड, स्वास्थ्यमन्त्री दिपक बोहोरा लगायत रहेको बुझिएको छ ।