पु.समाचार

अविवाहित नेता शेरधन राईको मुख्यमन्त्री भएलगत्तै यस्तो सपना !

विराटनगर । नेकपा एमालेका नेता शेरधन राईले प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा आफ्नो विकल्प नरहेको बताएका छन् । शुक्रबार विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता राईले एक नम्बर प्रदेशमा आफुबाहेक मुख्यमन्त्री उम्मेद्वारको दाबी कसैले नगरेको बताउँदै आफु नै त्यसका लागि योग्य उम्मेद्वार भएको ठोकुवा गरे । एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका राईले प्रदेश राजधानीबारे चौध जिल्लालाई नै पायक पर्ने स्थानलाई रोजिने बताए ।

अर्को एक प्रसंगमा नेता राईले आफ्नो आफ्नो घरजमको रहस्य समेत खोलिदिए । उनले आफुले मुख्यमन्त्री भएलगत्तै घरजम गर्ने खुलासा समेत गरे । उनले ठट्यौली पारामा आफ्नो घरजमको विषय धेरैको चासोको विषय बनेकोले त्यसलाई आफु मुख्यमन्त्री बनेलगत्तै पूरा गर्ने बताए ।