स्वास्थ्य

अर्बुदरोग पीडित बालकलाई सहयोग

भक्तपुर । स्वतन्त्र विद्यार्थी युनियन सानोठिमी क्याम्पस भक्तपुरको विशेष पहलमा संकलित रकम अर्बुदरोग पीडित पाँच वर्षीय रोशन धामीलाई आज प्रदान गरिएको छ ।

दार्चुलाका धामीको उपचारमा लाग्ने रु १० लाख नभएपछि विद्यार्थीले संकलन गरी रु १० हजार ५०० सहयोग प्रदान गरिएको हो । हाल चितवन क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेका धामीका आफन्त एवं दार्चुला निवासी सानोठिमी क्याम्पसका पूर्व स्ववियु सदस्य सुरेशसिंह ठगुन्नालाई रकम हस्तान्तरण गरिएको छ । बालकको उपचारमा सहयोग गर्न विद्यार्थीले दातासँग आग्रह गरेका छन् ।