पु.समाचार

पचासी वर्षमा नागरिकता

नुवाकोट । बेलकोटगढी नगरपालिका–६ अर्चलेकी कुन्तुमाया तामाङले ८५ वर्षका उमेरमा नागरिकता बनाएकी छन् ।

विसं १९८९ भदौ ६ गते जन्मनुभएकी तामाङले जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट बिहीबार वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रजिअ वीरेन्द्र यादवले जानकारी दिए ।

उनको नागरिकता प्रमाणपत्र नंं २५०१७४/०६१२६ रहेको छ । सानै उमेरमा विवाह गरी घरमा बस्दै आएकी तामाङका श्रीमान् र एक मात्र छोराको समेत मृत्यु भइसकेकाले कागजात जुटाउन नसक्दा नागरिकता प्राप्त गर्नबाट उनी वञ्चित हुँदै आएका थिए ।
तामाङ समुदायको बाहुल्य रहेको उक्त वडाका अर्चले, डडुवालगायत बस्तीमा सचेतना अभावले महिलाहरु नागरिकता लिन वञ्चित हुने गरेका छन् ।