पु.समाचार

यसरी ल्याइँदैछ भाले गोही चितवन निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्जको टोलीले आज बबई नदीबाट एउटा भाले गोही चितवन ल्याउँदै छ ।
निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जको टोली भालेको खोजीमा बबई र कर्णाली नदी पुगेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार आज अपराह्न बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्वपश्चिम राजमार्गको बबई खोलाको पुलमुनिबाट भाले गोही नियन्त्रणमा लिइएको हो ।
करिब ३५ वर्षको सो भाले गोही ४१६ सेमी लामो छ । आठ सय किलोको सो गोहीलाई लिएर टोली चितवनतर्फ आइरहेको कँडेलले बताए । उनका अनुसार शनिबार बिहान राप्ती नदीको खोरिया मुहान बगरमा गोहीलाई छाडिँदै छ ।