पु.समाचार

नेविसंघका अध्यक्ष महरसहित ४० जनासँग स्पष्टीकरण मागियो

काठमाण्डौ । चुनावमा अन्तरघात गरेको भन्दै डडेल्धुरा कांग्रेसले ४० जनाभन्दा बढी नेता–कार्यकर्ताहरुसँग स्पष्टीकरण मागेको छ । स्पष्टीकरण मागिनेमा नेविसंघका अध्यक्ष नैनसिंह महरदेखि स्थानीय नेता–कार्यकर्ताहरु समेत परेका छन् ।

कांग्रेसले उनीहरुलाई गत मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीभित्र अन्तरघात गरेको आशंकामा स्पष्टीकरण लिएको हो ।

बिहीबार नेपाली कांग्रेस डडेल्धुराको अनुशासन समितिको बैठक बसेर उनीहरुलाई स्पष्टीकरण मागिएको जनाइएको छ ।