खेलकुद

इङ्ल्याण्डमा हुँदै कमन वेल्थ गेम

एजेन्सी ।  सन् २०२२ को कमनवेल्थ गेम्स इंग्ल्याण्डको बर्मिङ्घम शहरमा हुने भएको छ । कमनवेल्थ गेम्स फेडेरेशनले बिहीबार सन् २०२२ को प्रतियोगिता बर्मिङ्घममा हुने घोषणा गरेको हो । गएको सेप्टेम्बरको अन्तिमसम्ममा खेल आयोजनाका लागि

कमनवेल्थ देशका शहरले आफ्नो प्रस्ताव पेश गर्नु पर्ने थियो । तर त्यो समयसम्ममा बर्मिङ्घमले मात्रै प्रस्ताव पेश गरेकाले उसले स्वतः रुपमा आयोजनाको जिम्मा पाएको हो ।

लिभरपुल शहरले पनि आयोजनाका लागि चासो देखाएको थियो तर अन्त्यमा बर्मिङ्घमलाई नै अघि सारिएको हो । सन् २०१२ मा भएको लण्डन ओलम्पिकपछि बेलायतमा हुन लागेको यो सबैभन्दा ठूलो खेल प्रतियोगिता हुनेछ ।