सूचना प्रविधि

नेपाल टेलिकमले ल्यायो ग्राहकहरुका लागि नयाँ योजना

काठमाण्डौ । नेपाल टेलिकमले जाडो मौसमका लागि भन्दै ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । टेलिकमले विन्टर अफरका रुपमा ग्राहकहरुका लागि नयाँ योजना अघि ल्याएको हो ।

सो ग्राहक योजनामा कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसहरु समेत उपलव्ध गराउने जनाइएको छ । टेलिकमले ल्याएको सो योजनामा डाटा स्ट्रिम प्याक युट्युब र वाइटाइम एप्समार्फत टिभी समेत हेर्न सकिने जनाइएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले प्रिपेड–पोष्टपोडदेखि सिडिएमए प्रिपेड– पोष्टपेड मोबाइलमा समेत विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिने बताइएको छ । जसमा १२ रुपैयाँ तिरेपछि तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनस उपलव्ध हुने जनाइएको छ ।

त्यस्तै रु ६० मा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ सय ५० एमबी डाटा र तीन दिनसम्म उपभोग गर्न पाउने गरी १ सय ५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ ।

त्यसैगरी रु ६० मा सातदिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा र तीन दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलव्ध गराइएको छ ।

रु १ सय २० मा २८ दिनसम्म उपभोग गर्न सक्नेगरी १६०० एमबीको डाटा र सात दिनसम्म उपभोग गर्नका लागि १६ सय एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको छ । यो योजना जाडो मौसमभरि रहेने टेलिकमले जनाएको छ ।