अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको जोसेन शहरमा भीषण आगलागी, २९ जनाको मृत्यु

एजेन्सी– दक्षिण कोरियाको जोसेन शहरको एक भवनमा भीषण आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ । बिहीबार राती लागेको आगलागीमा परेर दुई दर्जन बढी घाइते भएका छन् ।

राजधानी सोलबाट झण्डै १ सय ७० किलोमिटर टाढा रहेको सो शहरमा अवस्थित उक्त भवनमा रेष्टुराँ लगायतका व्यापारिक केन्द्र रहेको जनाइएको छ । आगलागीबाट भवनको दोश्रो तलामा रहेका अधिकांश मानिसहरु जलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेपनि अधिकांश खतामुक्त रहेको चिकित्सकहरुले बताएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।