पु.समाचार

रञ्जु दर्शनाले दिइन् काठमाण्डौ महानगर प्रमुखलाई दबाब !

काठमाण्डौ । साझा विवेकशील पार्टीकी नेतृ एवम् काठमाण्डौ महानगरपालिकाकी पराजित मेयर रञ्जु दर्शनले रानीपोखरी पुनःनिर्माणका बारेमा चासो देखाएकी छन् ।

नेतृ दर्शनाले पूरानै ढाँचामा रानीपोखीलाई पुनःनिर्माण गर्नुपर्ने भन्दै काठमाण्डौ महानगरपालिका प्रमुखलाई दबाब समेत दिएको खबर बाहिर आएको छ । नेतृ दर्शनाले रानीपोखरीमा कंक्रिटको पर्खालमात्र नलगाउन र त्यसलाई पूरानै वास्तु शैलीमा ढालेर पुनःर्निाण गर्न जोडि दिएकी हुन् ।

दर्शनाले यसअघि भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौबाट २३ हजार भन्दा बढी मत प्राप्त गरेकी थिइन् । यो लोकप्रिय मतले उनी काठमाण्डौवासी जनताको लागि लोकप्रिय थिइन् भन्ने संकेत देखिन्छ ।