आर्थिक

सन्राइज बैंकको दशौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । सन्राइज बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा पौष ३ गते बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले सन्राइज बैंक तथा बैंकको सहायक कम्पनी सन्राइज क्यापिटलको आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०७३÷७४ को नाफा–नोक्सान हिसाव र नगद प्रवाहसहितको एकिकृत वित्तीय विवरण स्वीकृत गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत वर्षको मुनाफा एवं अन्य जगेडा कोषहरु तथा बैंकले जारी गरेको हकप्रद शेयर बिक्री नभएको ७,१०,७४३ कित्ता शेयरलाई लिलाम बिक्री गरी बाँडफाँड गरिएको शेयर समेतलाई गरी शेयरधनीहरुलाई १,०६,३३,७६,८५० बराबर अर्थात १५% प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसबाट बैंकको चुक्ता पूँजी ८ अर्ब भन्दा बढी पुगेकोे छ । यसका सथै उक्त वार्षिक साधारण सभाले निर्वाचन सम्पन्न नभए सम्मका लागि संस्थापक शेयरधनी समुह “क” को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुलाई संचालक समितिमा निरन्तरता दिने प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ ।

बैंकको हाल शाखाहरुको संख्या ७० र ए.टि.एम.को संख्या ८७ रहेको छ । जसमध्ये काठमाण्डौ उपत्यका भित्र २९ शाखाहरु र उपत्यका बाहिर ४१ शाखाहरु रहेका छन् । बैंकले सन्राइज सेफ डिपोजिट लकर सुविधा, भिसाडेबिट कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, रेमिट्यान्स, सन्राइज माइक्रो बैंकिङ्ग लगायत आधुनिक बैंकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आइरहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत  रत्नराज बज्राचार्यले जाकारी दिए ।