राजनीति

ओली, देउवा र दाहाललाई भारतीय प्रधानमन्त्रीको फोन, चीन शशंकित

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका मुख्य तीन दललाई टेलिफोन गरेका छन् ।  बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरेका हुन् ।

नेपालमा नयाँ सरकार गठनमा भारतीय प्रधानमन्त्री मोदीको चासो हुनुलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।

उनले फोन गरेर नयाँ बन्ने सरकारका बारेमा जानकारी लिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारले यसको पुष्टि गरेका छन् । तर, टेलिफोन सम्वादका क्रममा के विषयमा कुराकानी भयो जानकारी नभएको उनले बताएका छन् । । मोदीले तीनै दलका नेताहरुलाई फोन गरे चासो राखेको चुनावपछि संम्भवत यो पहिलोपटक हो ।

केपी ओलीको सरकार हुँदा नेपालमा नाकाबन्दी लगाए नेपालीको ढाड सेकाएका मोदीले ओलीसँग संवाद गरेको पहिलोपटक हो । नेपालको सरकार निर्माणमा भारतीय हस्तक्षेप बढिरहेका बेला मोदीको यो फोनले उत्तरी छिमेकी राष्ट्र चीनसमेत शशंकित बनेको छ ।