राजनीति

सरकार बनेको तीन महिनाभित्र तातोपानी नाका खुल्छः नेता सापकोटा

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले सरकार बनेका तीन महिनापछि तातोपानी नाका खुल्ने बताएका छन् । साथै उनले त्यसका लागि आफूले पहल गरिरहेको बताएका छन् ।

बिहीबार राजधानीमा भएको एक कार्यक्रममा उनले भने, ‘मैले पहिलेदेखि नै सरकार बनेको तीन महिनाभित्र तातोपानी नाका खुल्ने बताएका थिए । अब त्यसको लागि मैले पहल सुरु गरिसकेको छु, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालजीसँग पनि कुरा गरिसकें, चिनियाँ नेताहरुसँग पनि छलफल गरेको छु ।’

‘अब छिट्टै नेपालका लागि चिनियाँ राजदूतसँग पनि कुरा हुँदैछ,’ उनले थपे ।

नेता सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिएर सहमति खोज्दा राम्रो हुने तर्क गर्दै राष्ट्रपतिलाई विवादमा तान्न नहुने पनि बताए ।