आर्थिक

जाडो महिनामा टेलिकमले ल्यायो अफरै अफर

काठमाण्डौ । नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ उपलब्ध गराएको छ । टेलिकमले आगामी पुस ६ गतेबाट माध २१ गतेसम्म लागू हुने जनाएको छ ।

टेलिकमले जिएसएम प्रिपेड-पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ ।
विन्टर अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको जनाएको छ । त्यसैगरी ६० रुपैयाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी १५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

१२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

जिएसएम प्रिपेड÷पोष्टपेड तथा सिडिएमए प्रिपेड-पोष्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । यो प्याक बेलुकी १० बजेदेखि विहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । बोनसको रुपमा उपलब्ध गराइएको डाटा स्ट्रिमिङ प्याक पनि यही समयमै प्रयोग गर्न सकिने छ ।

विन्टर नाइट डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

त्यसैगरी ६० रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । १२० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा र ७ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

जिएसएम प्रिपेड-पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा विन्टर फेसबुक÷इन्स्टाग्राम डाटा प्याक प्रयोग गर्न सकिन्छ ।

विन्टर फेसबुक÷इन्स्टाग्राम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

त्यसैगरी ६० रुपैयाँमा चौध दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा र ३ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

१२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा र ५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

जिएसएम प्रिपेड÷पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा एसएमएस प्याकेज प्रयोग गर्न सकिन्छ । यो प्याक अन्तर्गत १० रुपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५० वटा एसएमएस र गरी ५० वटा बोनस एसएमएस समेत उपलब्ध गराइएको छ । यसरी १० रुपैयाँमा १०० वटा एसएमएस गर्न सकिने छ ।

एसएमएस प्याक लिनका लागि SMS 100 लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।