राजनीति

कांग्रेसका बझाङ जिल्ला सदस्य जोशीको निधन

बझाङ्ग । नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला विकास समितिका सदस्य हरिप्रसाद जोशीको ६४ वर्षको उमेरमा आज विहान काठमाण्डौको बीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । बझाङ्ग जिल्ला दुर्गाथली गाउपालिका वडा नं. ४ जुजिडुम्री निवासी स्वर्गीय जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

नेपाली कांग्रेसले एक कुशल संगठनकर्तालाई गुमाएको र उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ । उनको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।

स्वर्गीय जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याएको योगदानको स्मरण गर्दै उनीप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।