प्रवास

मलेशियामा मृत्युदण्डको सजाय पाएका नेपाली यसरी बाँचे

काठमाण्डौ । मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ ।

त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

मलेशियामा लागुऔषध मुद्दामा मृत्युदण्ड हुने कानुनी प्रावधान छ । नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानून व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो ।

उनी हिजै नेपाल फर्किएको उक्त दूतावासले जनाएको छ । नेपाल सरकारको खर्चमा उनी स्वदेश फर्किएका हुन् । हिजै सिरहाका किसुनदेव महतो पनि नेपाल सरकारकै खर्चमा स्वदेश फर्किए ।

विगत २ वर्षदेखि उनी मलेशियाको घर फिर्ती केन्द्रमा बिना रोजगारी बस्न बाध्य भएका थिए ।