मनोरञ्जन

अनुष्कासँग इटालीमा विवाह गरेपछि विराटलाई आइलाग्यो यस्तो आपत

एजेन्सी । विराट कोहली र अनुष्का शर्माले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो बिहेको रिसेप्शनको निम्ता दिएका छन् ।

उनीहरुले प्रधानमन्त्री मोदीलाई बिहेको निम्तो पठाएकै दिन भारतीय जनता पार्टीका एक विधायकले विराट कोहलीको देशभक्तिमाथि कयौँ प्रश्नसहित निशाना साँधेका छन् ।

विराट कोहलीले अनुष्का शर्मासँग इटालीमा विवाह गरेपछि मध्य प्रदेशको गुनाबाट बीजेपीका विधायक पन्ना लाल शाक्यले आक्रोश पोखेका छन् । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीमाथि खन्निँदै देशभक्तिबारे प्रश्न उठाएका हुन् ।

ुविराटलाई कसरी राष्ट्रभक्त मान्न सकिन्छ रुु, उनले प्रश्न गरेका छन्, ‘आफ्नो बिहेका लागि भारतलाई नरोज्ने व्यक्ति राष्ट्र भक्त हुनै सक्दैन । उनी भारतमा कमाएर पैसा खर्चिन भने इटालीसम्म पुग्छन् ।’

बीजेपी विधायक पन्ना लाल शाक्यको यस टिप्पणीको जवाफ उनलाई बलिउडका कलाकारले दिइरहेका छन् । ‘विकी डोनर’ र ‘पीकू’ जस्ता फिल्म बनाइसकेका फिल्म निर्देशक सुजित सरकारले भनेका छन्, ‘जब अर्को पटक विराट कोहलीको पहिलत्त देशद्रोही छक्का पार्क भन्दा बाहिर जानेछ, त्यो यी बिजेपीका देशभक्त विधायकको नामको हुनेछ ।’

‘स्किल इन्‍डिया सेन्टर’ को उद्घाटनका क्रममा विधायक पन्ना लाल शाक्यले भनेका थिए, ‘विराटले भारतमा पैसा कमाए तर उनले देशमा कतै पनि बिहे गर्ने ठाउँ पाएनन् । के हिन्दुस्तान स्पर्श गर्न लायक पनि छैन ।’

भगवान राम, भगवान कृष्ण, विक्रमादित्य, युधिष्ठिरसम्को बिहे भारतमै भएको प्रसं‌ग निकाल्दै उनले आफूहरु पनि बिहेका लागि विदेश नगएको बताएका छन् । भाजपाले पनि विराटको देशभक्तिमा प्रश्न उठाउनु शाक्यको काम नभएको स्पष्टिकरण दिइसकेको छ ।