प्रवास

यी हुन् भाग्यमानी नेपाली जसले अमेरिकी राष्ट्रपति कार्यालयमा जागिर पाए

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिको कार्यालयले कृष्ण शर्मालाई भाषा विज्ञको रूपमा नियुक्त गरेको छ । यो नियुक्तिसगैं शर्मा ह्वाइट हाउसमा जागिरेको रूपमा काम गर्ने अवसर पाउने पहिलो नेपाली मूलका अमेरिकी बनेका छन् । उनलाई भाषा विज्ञको रूपमा नियुक्ति लिएको छ ।

अमेरिकी नेपाली समुदायबीच एक असल तथा स्वतन्त्र छबी बनाएका शर्माले करिब डेढ़ वर्षदेखि नेपाली समुदाय माझ आफू र आफ्नी छोरी सुकृती शर्मासँग संयुक्त रूपमा संचालन गर्दै आइरहेको ‘अमेरिकी सम्बाद’ नामक टेलिभिज़न कार्यक्रम समेत रोकेका थिए ।

शर्माले नेपालमा हुदा दी राइजिगं नेपाल अंग्रेज़ी दैनीकमा उप– सम्पादकको रूपमा सात वर्षसम्म सेवा गरी अमेरिकामा आए पछि दी वासिंगटन पोष्टमा करिब छ वर्षसम्म काम गरेका थिए ।