पु.समाचार

मानव बेचबिखन गर्ने वडाध्यक्ष पक्राउ

नुवाकोट । दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो नियन्त्रणमा लिएको छ ।

सिआइबीले वडा कार्यालय घ्याङफेदीबाट तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा विचाराधीन छ । भारतको वेश्यालयबाट फर्केका महिलाले दर्ता गराएको मुद्दामा पाँच लाख धरौटी राखी तामाङ एक वर्ष अघि रिहा भएका थिए ।

मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित थिए ।