राजनीति

सरकार गठन स्वतन्त्र विजनेस होः केपी ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणमा संवैधानिक जटिलता नरहेको बताएका छन् ।

बिहीबार बालकोट निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक भएलगत्तै राष्ट्रपतिले सरकार निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् ।

‘कुनै संवैधानिक जटिलता छैन । आफ्नो प्रक्रियाबाट अघि बढ्छ । सरकार गठन परिवर्तन प्रतिनिधिसभाको स्वतन्त्र विजनेस हो ।’
निर्वाचन आयोगले प्रक्रिया नै पुरा गर्न बाँकी रहेको उनले बताए । ओलीले भने, ‘काम चलाउ सरकारले व्यवधान गर्‍यो भनेको होइन । खाली अभिव्यक्ति अनुचित छ ।’

ओलीले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुने बताए । उनले भने, ‘वाम एकता होइन, पार्टी एकता गर्छौं ।’