अन्तर्राष्ट्रिय

फिलिपिन्समा २ सय ५१ मानिस बोकेको डुंगा पल्टियो

एजेन्सी । फिलिपिन्समा २ सय ५१ जना मानिस बोकेको एउटा डुंगा पल्टेको समाचार छ । बिहीबार राजधानी मनिलाबाट ७० किलोमिटर पूर्वमा रहेको रियल सहरनजिकै सो ढुंगा पल्टेको हो ।

दुर्घटनाबाट भएको क्षतिको विवरण आइसकेको छैन । खराब मौसमका माभ पोलिलो टापुको किनारातिर जाँदै गरेको डुंगा पल्टेको स्थानीय अधिकारीलाई उधृत गर्दै एएफपीले जनाएको छ ।

उद्दारका लागि हेलिकप्टर र डुंगाहरु सो दिशामा गइरहेको बताइएको छ । सो ढुंगालाई २८६ जनासम्म मानिस बोक्ने अनुमति रहेको बताइएको छ । एजेन्सी