खेलकुद

एभेरेष्ट प्रिमियर लिगः भैरहवासँग ललितपुरको लज्जास्पद हार

काठमाण्डौ । एभेरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत बिहिबारको खेलमा भैरहवा ग्लाडियटर्सले ललितपुर प्याट्रियट्सललाई हराएको छ ।
भैरहवाले पाएको १४२ रनको लक्ष्य अन्तिम बलमा चौका प्रहार गर्दै भेट्टाएको थियो ।

भैरहवाका लागि भारतीय खेलाडी पुनित विष्टले अर्धसतकीय पारी खेलेका थिए । उनले ३८ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे । यस्तै रोहित पौडेलले ११ बलमा १ छक्का र ५ चौकासहित ३१ रन बनाए । आरिफ शेखले भैरहवाका लागि अभिजित २७ रनको योगदान दिए ।

ललितपुरका योगेश नागरले २ तथा सन्दिप लामिछाने र सुबोध भातीले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४१ रन बनाएका थियो । ललितपुरका लागि योगेश नागर ३३ बलमा ५४ रन बनाएका थिए। कप्तान ज्ञानेन्द्र मल्लले २९ बलमा ३ छक्का हान्दै ४२ रन बनाएका थिए ।

खराव सुरुवात गरेको ललितपुरले एक रन हुँदा पहिलो विकेट गुमायो । त्यसपछि ३९ रन हुदा ललितपुरको तीन विकेट झरेको छ । ललितपुरका लागि भारतीय खेलाडी योगश नागारले ५४ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ४२ रनको योगदान गरे । भैरहवाका दीपेश श्रेष्ठले ३ तथा आरिफ शेख र पुनित मिश्रले १–१ विकेट लिएका थिए ।

आजको जितसँगै भैरहवाले लगातार दोस्रो खेल जित्दै ४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।