राजनीति

लोकतन्त्रमा खतरा आए काँग्रेस चुप लागेर बस्दैन: बिमलेन्द्र निधि

जनकपुर । नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले चुनावमा वामपन्थी शक्तिहरुको जितले मुलुकमा कम्युनिष्ट अधिनायकवादको खतरा बढेको बताएका छन् ।

बिहीबार जनकपुरमा रामनारायण मिश्रको श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै नेता निधिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावमा हासिल गरेको जित र उनीहरुको पछिल्लो अभिव्यक्तिले मुलुकमा अधिनायकबाद हावी हुनसक्नेतर्फ सचेत गराए ।

निधिले चीनमा दल र मुलुक एउटै भएको सोच रहेको र उनीहरु त्यही आधारमा सम्बन्ध तथा सिद्धान्तहरु विस्तार गर्न थालेको दाबी गरे ।

निधिले आफूहरुले कम्युनिष्टहरुलाई लोकतान्त्रिक बनाएको बताउँदै यद्यपि अहिले पनि वामपन्थी सोच नहटेकाले कम्युनिष्टहरु लोकतन्त्रवादी नभएको र मुलुकमा एकदलीय शाशन आउन सक्ने खतरा औल्याए ।

लोकतन्त्र प्राप्तीका लागि ठूलो बलिदानी दिएको पार्टी नेपाली काँग्रेस भएकाले लोकतन्त्रमा खतरा आउँदा आफूहरु चुप लागेन नबस्नेसमेत निधिले चेतावनी दिए ।