पु.समाचार

समानुपातिकको सिट बाँफडाँड आज, यस्तो छ आयोगको तयारी

काठमाण्डौ । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकको सिट आज बाँफडाँड गर्ने तयारी गरेको बताएको छ ।

समानुपातिकतर्फ २२० सिट रहेको प्रदेशसभमा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको दलका उम्मेदवार प्रदेशसभा सदस्य बन्न पाउने निर्वाचन ओगले बताएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले ७७ वटै जिल्लाबाट दलहरूले प्राप्त गरेको मत परिणाम निर्वाचन आयोगमा पठाइसकेको निर्वाचन आयुक्त नरेन्द्र दाहालले बताए ।

प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी जम्मा २२० जना समानुपातिक सांसद बन्ने अयोगले बताएको छ ।