पु.समाचार

नयाँ वर्षमा स्मार्टडोले ल्यायो ‘सान्टाज् डोको अफर २०१७’

काठमाण्डौ । अनलाइन पोर्टल स्मार्टडोले ‘सान्टाज् डोको अफर २०१७’ अगाडि सारेको छ इसाइहरुको महान् चाड क्रिस्मस तथा नववर्ष २०१८ को अवसरमा अनलाइनपोर्टल स्मार्टडोकोले ‘सान्टाज् डोको अफर’ अगाडि सारेको छ ।

यस अफर अन्तर्गत इलेक्ट्रोनिक्स सामान, घडी, होम अप्लाइन्सहरु, बच्चाका समान तथा अन्य थुप्रै सामानहरुमा विशेष छुटको व्यवस्था मिलाइएको छ । यो ‘सान्टाज् डोको अफर’अन्तर्गत ५ प्रतिशतदेखि ७० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ । यो भारि छुट यही २० डिसेम्बरदेखि ३ जनवरी २०१८ सम्म लागू गरिएको छ । स्मार्ट डोकोले छिट्टै लम्बि मल तथा सिभिल मलहरुका ग्राहकहरुलाई सान्टज् डोको अफर अन्तर्गत गिफ्ट जित्ने अवसर प्रदान गर्दै छ ।

योजनाअन्तर्गत विभिन्न ब्राण्डका जस्तै याडिडास, रिबक, सलाना निट, लेभिस, पेपे जिन्स, गोल्डस्टार, बजाज, सिजि, फिलिप्स, पानासोनिक, भ्यालेन्टिनो रुडि लगायत थुप्रै ब्राण्डका सामानहरु विशेष छुटका साथ उपलब्ध रहेका छन् ।

स्मार्ट डोकोमा १८ भन्दा धेरै उत्पादन समुह (प्रोडक्ट क्याटगोरी) रहेको छन् भने त्यस अन्तर्गत अन्य उपसमुह पनि रहेका छन् । यहाँ ग्राहकले सहज रुपमा मोबाइल फोन, विद्युतीय सामान, फेसन आइटम, बच्चाका सामान, घर पालुवाजनावरहरुलाई आवश्यक पर्ने सामान, खाद्यएवं पेय पदार्थ लगायत अन्य थुप्रै सामानहरु पाउने भएका छन् ।
हालै स्मार्टडोकोमा एक क्लिकका भरमा किनिएको सामान सहजै रुपमा ग्राहकको घरको ढोकासम्म आइपुग्छ ।

काठमाण्डौलगायत, पोखरा, धरान, इटहरी, नारायणगढ, विराटनगर तथा विरगन्जलगायत प्रमुख शहरहरु निःशुल्क डेलिभरीको व्यवस्था मिलाएको छ । त्यसैले यो योजना अन्तर्गत ग्राहकहरुले विशेष छुटामा विभिन्न सामानहरु खरिद गर्न सक्नेछन् । सन् २०१८ जनवरी ३ तारिख भन्दा अगाडि आफूलाई चाहिएको सामान भारी छुटमा खरिद गर्न कम्पनीले भनेको छ ।

स्मार्ट डोको एप्स एनड्रोइड तथा आइफोनका लागि उपलब्ध रहेको छ । एप्स डाउनलोड गर्न कृपया fsmartdoko.com  वा गगुलप्ले वा आइस्टोरमा भिजिट गर्नुपर्नेछ ।