राजनीति

देउवा सरकारका मन्त्री वाम गठबन्धनमा प्रवेश !

काठमाण्डौ । वर्तमान शेरबहादुर देउवा सरकारका मन्त्री वाम गठबन्धनमा प्रवेश गर्ने खुलासा भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका तत्कालिन लोकतान्त्रिक फोरमका नेता जितेन्द्र देव वाम गठबन्धनमा प्रवेश गर्ने भएका हुन् ।

मन्त्री देव वाम गठबन्धन रहेको माओवादी केन्द्रमा प्रवेश गर्ने स्रोतले सूर्यखबरलाई जानकारी दिएको छ । प्रवेशको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गरिसकेका छन् ।

तत्कालिन विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम काँग्रेसमा विलय भएदेखि नै उनी माओवादीमा प्रवेश गर्ने चर्चा चलेको थियो । तर माओवादीले एमालेसँग गठबन्धन गरेपछी मन्त्री पद जोगाउन उनी काँग्रेसमै रहिरहे । अहिले वाम गठबन्धनको नयाँ सरकार बन्ने र काँग्रेसभित्र आफ्नो प्रभाव नपरेपछि माओवादी प्रवेश गर्न लागेको स्रोतले जनाएको छ । उनी कहिले पार्टी प्रवेश गर्ने भन्ने चाँही मिति खुलाइएको छैन ।