अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा एकजना कमाण्डरसहित सात आइएस मारिए

गजनी, अफगानिस्तान । अफगानिस्तानको गजनी प्रान्तमा अफगानिस्ताको हवाई सेनाले बुधबार गरेको हवाई कारबाहीमा परी स्थानीय आइएस समूहका एकजना कमाण्डरसहित सात जनाको ज्यान गएको समाचार छ ।

उक्त क्षेत्रमा गुडिरहेको एक सवारी साधनलाई लक्षित गरेर सो कारबाही भएको एक स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

आइएसको आतङ्ककारी समूहलाई लक्ष्यगरी अफगान हवाई सुरक्षाबलले कारबाही गरेको थियो । यस कारबाहीमा परी आइएसका एकजना कमाण्डर नै मारिएका छन् ।

हवाई कारबाहीमा आतङ्ककारीको सवारी साधन भने पूर्णरुपमा ध्वस्त भएको अफगान सरकारी स्रोतले जनाएको छ । सो क्षेत्रमा आइएसका क्रियाकलापहरु बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको सेनाले जनाएको छ ।