मनोरञ्जन

यसपाली त बिहे गर्ने कुरा बाहिर आएपछि बलबहादुर मख्ख…

इटहरी ।  नेपालको रंगिन दुनिया अर्थात सिने उद्योग र साङितिक फाटमा युट्युब ट्रेन्डिङलाई निकै महत्त्वपूर्ण रुपले हेर्ने गरिन्छ । ट्रेन्डिङमा आएका भिडियो वा सर्जक कलाकारहरूले चर्चा पनि पाउछन् ।

यस्तै केही दिन अघि मात्र सार्बजनिक भएको एक म्युजिक भिडियोले हाल चर्चा पाईरहेको छ । कोच राजबंशी गायनमा मज्जैले उदाईसकेका गायक ‘बलबहादुर राजबंशी’ले गीतमा आवाज भरेका छन् । यी गायक यतिखेर मख्ख छन् ।

‘यसपाली त बिहे गर्ने हो’ बोलको गीत सार्बजनिक भए पश्चात् आफुलाई ‘फेसबुकमा धेरैले गीत तथा भिडियो राम्रो बनेको प्रतिक्रिया दिदै प्रगतिको शुभकामना दिएको’ बताए ।

उक्त गीत डिसेम्बर १६ अर्थात पौष १ गते सार्बजनिक गरिएको थियो । सार्बजनिकको ५ दिनसम्म आईपुग्दा र हामिले यो समाचार तयार पार्दा सम्म भिडियोलाई ३ लाख पटक भन्दा बढी पटक हेरिसकिएको छ भने युट्युब नेपाल ट्रेन्डिङको २६ औं स्थानमा आएको छ ।