पु.समाचार

मृग भन्दै महिलामाथि गोली प्रहार, चार जना पक्राउ

काठमाण्डौ । शिवपुरी राष्ट्रिय निकुन्जभित्र पर्ने झोर क्षेत्रमा गोली चलाउने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मृग भनेर स्थानीय सुनिल तामाङले गोली चलाउँदा टोखाकै महिला दुर्गा पोख्रेलको पाखुरा र कोखामा गोली लागेको थियो ।

प्रहरीले सुनिलसहित सुशान्त तामाङ, अंकित तामाङ र विजय तामाङलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ । काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एसपी रामदत्त जोशीका अनुसार प्रहरीले चारैतिरबाट घेरा हालेर उनीहरुलाई टोखा नगरपालिका–२ महांकालबाट पक्राउ गरेको हो ।