राजनीति

शीतल निवासबाट राष्ट्रपतिले यसो भनेपछि ओली र दाहाल जिल्ल !

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दलहरुसँग मिलेर आउने आग्रह गरेकी छन् ।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्तामा राष्ट्रिय सभाको अध्यादेशका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए । भेटमा राष्ट्रपति भण्डारीले दलहरूलाई मिलेर सहमति कायम गर्न सुझाव दिएकी छन् ।

‘राष्ट्रपतिले दलहरूलाई मिलेर सहमतिमा पुग्न सुझाव दिनुभएको छ’ शर्माले भने, ‘दलहरूबीच संवाद भएर छिट्टै निष्कर्षमा पुग्ने राष्ट्रपतिको विश्वास छ ।’

राष्ट्रपतिसँगको भेटवार्ताका लागि अध्यक्ष दाहाल र ओलीका अतिरिक्त माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।

रकारले पेश गरेको अध्यादेशमा राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय विधिमा गर्ने कि बहमतीय पद्दती अपनाउने भन्नेमा विवाद हुँदा राष्ट्रपतिले जारी गर्न मानेकी छैनन् । अध्यक्ष ओली र दाहाल राष्ट्रपतिलाई अध्यादेश स्वीकृत गर्न नदिन दवाव दिने उदेश्यले शीतल निवास छिरेको स्रोतले बतायो । तर उनीहरुको उक्त कदममा राष्ट्रपतिले ब्रेक लगाइदिएकी छिन् ।