आर्थिक

वाम गठबन्धनको सरकार आउनै लाग्दा नेप्से निरन्तर ओरालो लाग्यो

काठमाण्डौ । बुधबार पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ । बजारमा आएको सबै समूहको परिसूचक राताम्य भएकोले नेप्से ९.२९ अंकले ओरालो लागेको हो । ओरालो लगेर परिसूचक एक हजार ४८४.४७ अंकमा अडेको छ ।

बुधबार १५५ कम्पनीको कारोबार भएको छ । ९ लाख ८३ हजार १०८ कित्ता सेयर ४ हजार ३९१ पटक किनबेच हुँदा ४२ करोड ४३ लाख ७० हजार ३९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा सबै नौ ओटा समूहको सेयर परिसूचक घटेको छ । सबैभन्दा बढी विमा समूहको परिसूचक ४३.४९ अंकले घटेको छ । त्यस्तै उत्पादन, हाइड्रो पावर, अन्य समूहको परिसूचक क्रमशः ३५.८१, २६।६६, १०.९८ अंकले घटेको छ । साथै ‘क’ बर्गको सेन्सेटीभ इण्डेक्स पनि २.०७ अंकले घटेर ३१२.६८ मा अडिएको छ । वाम गठबन्धनको सरकार आउन लागेसँगै निरन्तर नेप्से आराले लागिरहेको छ ।