राजनीति

मन्त्रिपरिषद्को निर्णय नमाने राष्ट्रपति अप्ठेरोमा, विमलेन्द्र निधिले दिए यस्तो चेतावनी

काठमाण्डौ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषद्को निर्णय मान्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा मंगलबार एक ट्विट गर्दै नेता निधिले राष्ट्रपति एमाले, माओवादी, काँग्रेस वा कुनै पनि दलको निर्णय मान्ने पदाधिकारी नभएको बताएका हुन् । एमालेको हित र निर्देशनमा राष्ट्रपतिले काम गरे सबैका लागि खतरा हुने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमार्फकत उनले भनेका छन्, ‘राष्ट्रपति भनेको एमाले, माओवादी, काँग्रेस वा कुनै दलको निर्णय मान्ने पदाधिकारी होईन । तर मन्त्रिपरिषद्को निर्णय मान्नै पर्ने पदाधिकारी हो । एमालेको हित र निर्देशनमा राष्ट्रपतिले काम गर्न थालेको देखिनु संविधान, लोकतन्त्र, प्रणाली र सबैको लागि खतरा हो ।’