पु.समाचार

काठमाण्डौमा गोली चल्यो

काठमाण्डौ । काठमाण्डौको टोखास्थित झोर महाँकालमा आज (बुधबार) दिउँसो गोली चलेको छ । अज्ञात व्यक्तिले जंगलतिरबाट गोली चलाएको महानगरीय प्रहरी कार्यालय काठमाण्डौले जनाएको छ । गोली लागेर एक महिला घाइते भएकी छिन् । गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको छ। घाइते महिलालाई उपचारका लागि ग्राण्डी अस्पताल पुर्याइएको छ ।

काठमाण्डौ प्रहरी प्रमुख एसपी रवीन्द्र धानुकले प्रहरी घटनास्थल पुगेको र गोली चलाउनेको खोजी सुरु गरेको जानकारी दिए । गोली चलेको स्थान राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ, जहाँ नेपाली सेनाको सुरक्षा छ ।