पु.समाचार

ग्यास उद्योग आगलागीको छानविन गर्न समिति गठन

वीरगञ्ज । वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागी सम्बन्धी छानविन गर्न पाँच सदस्यीय समिति गठन भएको छ ।

एलपी ग्यास उद्योग संघले छानविन समिति गठन गरेको हो । समितिमा संघका निवर्तमान अध्यक्ष शिव घिमिरे, कुश मल्ली, शंकर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र लक्ष्मी महर्जन रहेका छन् ।

छानविन समितिलाई पाँच दिनको म्याद दिइएको छ । १० करोड भन्दा बढी लगानीमा सुरु भएको उद्योगमा ग्यास बुलेटबाट आगजनी सुरु भएको अनुमान गरिएको छ ।

४८ वर्षको पछि ग्यास उद्योगमा ठूलो आगलागी भएको यो पहिलो घटना हो । आगलागीमा एक दमकलसहित दुई जनाको मृत्यु भएको छ । क्षतिको थप विवरण भने आइपुगेको छैन । उद्योगमा विहान ६ बजेतिर आगलागी भएको थियो ।