मनोरञ्जन

कन्डमको विज्ञापन हटाउँदा राखी सावन्त ‘फायर’

एजेन्सी । मुम्बई सूचना एंव प्रसारण मन्त्रालयद्दारा दिउँसो टीभीमा कन्डमको विज्ञापन प्रसारण गर्न रोक लगाउने गाइडलाइन सार्वजनिक गरिएपछि राखी सावन्त धेरै रिसाएकी हुन् ।

राखी छिट्टै एक कन्डमको विज्ञापनमा देखिदैछिन् । राखीका फयान उनलाई नयाँ कन्डमको विज्ञापनमा हेर्न उत्सुक थिए । तर अब बिहान ६ बजेदेखि राति १० बजेसम्म यस्ता विज्ञापन प्रसारणमा रोक लाग्ने भएको छ । राखीभन्दा पहिलो सन्नी लियोन, बिपाशा वसु, करण सिंह ग्रोवर र रणवीर सिंहजस्ता कलाकार कन्डमको विज्ञापनमा देखिँदै आएका थिए । राखी भन्छिन् समाजमा यौन सुरक्षा र अनपेक्षित गर्भ रोक्न धेरैभन्दा धेरै कन्डमको विज्ञापन देखाउनुपर्छ । यसबाट सर्वसाधारणलाई यसको प्रयोग र उपयोगिताबारे जानकारी हुन्छ ।

एड्सको संक्रमणबाट बच्न सकिन्छ । म समाजको भलाइका लागि कन्डमको विज्ञापनमा काम गर्दैछु ।उनले भनिन् सरकारले सन्नी लियोन र बिपाशा वसुको कन्डमको विज्ञापनमा त रोक लगाएको थिएन । तर, जब मैले कन्डमको विज्ञापन खेलेको थाहा पाएँ अनि यसको विज्ञापनमा प्रसारणमा बन्देज लगाउन थालियो । के सरकार मसँग डराएको हो ? हेर्दै नहेरी मैले खेलेको विज्ञापनसँग किन दुस्मनी ?  के यस्ता विज्ञापनमा रोक लगाएर सरकार दिउँसो कसैलाई यौनसम्बन्ध राख्न पनि रोक्न सक्छ रुभारतमा कन्डमको विज्ञापन रोक लगाउँदा एड्सको खतरा बढ्छ ।

युवाले कन्डमबिना यौनसम्बन्ध राख्नेछन् । मलाई त यस्तो लाग्न थालेको छ कि सरकार नै एड्स लागोस् भन्ने चाहन्छ । जबसम्म बच्चाले यस्ता विज्ञापन हेर्दैनन् तबसम्म उनीहरु कसरी सुरक्षित यौनसम्बन्ध राख्न सक्छन् ।