आर्थिक

सुजुकी कार ‘एक्स्चेञ्ज क्याम्प’ सञ्चालन गरिने

काठमाण्डौ । सुजुकीको चार पाङ्ग्रे सवारी साधनका लागि नेपालको आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी. मोटोकर्पले नेपाल भर पुस ७ देखि ९ गते सम्म सुजुकी कार एक्स्चेञ्ज क्याम्प सञ्चालन गर्ने भएकोे छ । कम्पनीद्वारा प्रेशित विज्ञप्ति अनुसार ३ दिन सम्म चल्ने उक्त एक्स्चेञ्ज क्याम्प, कम्पनीका देशभर रहेका विक्रि केन्द्र मार्फत सञ्चालन गरिने छ ।

क्याम्प मार्फत कम्पनीले विशेष एक्स्चेञ्ज अफरका रुपमा छानिएका मोडलहरुमा रु. ७५ हजार सम्मको एक्स्चेञ्ज बोनसका साथै सुजुकीका मोडलहरुमा प्रतिस्पर्धात्मक छुटपनि उपलब्ध गराउने जानकारी दिएको छ । उपभोक्तालाई थप सहजताको अनुभवदिने सोचका साथ कम्पनीले अन स्पट भ्यालुएशनका साथै अन स्पट फाइनान्स सुविधापनि प्रदान गर्ने बताएको छ । विज्ञप्ति अनुसार क्याम्प अवधिभर पूराना कारका लागि उत्कृष्ट भ्यालुएशनका साथै सुजुकी ब्राण्डका चार पाङ्ग्रे सवारी साधन खरिद गर्ने उपभोक्तालाई उत्कृष्ट डिलपनि प्रदान गरिनेछ ।

सुजुकी ब्राण्डका चार पांग्रे अन्तर्गत देशकै सर्वाधिक कार रेञ्जहरु उपलब्ध रहेका छन् । कम्पनीद्वारा नेपाली बजारमा उपलब्ध गरिएका सर्वाधिक लोकप्रिय कार रेञ्जहरुमा अल्टो ८००, केटेन, वागन आर, सेलेरियो, स्विफ्ट, ईग्निस, डिजायर, बलेनो, ब्रेजा, एसक्रस, सियाज, ओम्नी कार्गो, ओम्नी भ्यान र ईको लगायत रहेका छन् ।