अन्तर्राष्ट्रिय

चलचित्र खेल्ने नायिका नै यौनधन्दामा लागेपछि…

एजेन्सी । भारतको एक पाँचतारे होटलबाट हाईप्रोफाइल यौनभन्दा गर्ने नायिका पक्राउ गरेका छन् । हैदराबाद प्रहरीले एक जना चलचित्रमा काम गर्ने नायिका छन् । भने अन्य दुई जना टेलिभिजनमा सिरियल खेल्ने नायिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय प्रहरीले दिएको सूचनाका आधारमा प्रहरीको टास्क फोर्सले उनीहरुलार्इ पक्राउ गरेको हो । प्रहरीका अनुसार यौनधन्दाका मुख्य योजनाकार भने फरार छन् । उनले नायिकास‌ंग रात बिताउन ग्राहकसंग एक लाख लिएका थिए ।

हैदराबाद प्रहरीका अनुसार केहि दिन अघि नै यौनधन्दाका बारे जानकारी पाएपनि प्रहरी उपयुक्त मौकाको पर्खार्इमा रहेको थियो । प्रहरीले शनिवार राति बंजारा हिल्स क्षेत्रमा रहेको ताज डेक्कन होटलमा छापा मारेर दुर्इ नायिका र एक पुरुषलार्इ पक्राउ गरेको हो। तीनै जना आपत्तिजनक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त होटलका म्यानेजरलार्इ पनि नियन्त्रणमा लिएको छ भने एक नायिकाको साथमा रहेको ५५ हजार नगद रुपैयाँ र मोबाइल फोन बरामत गरेको छ ।