देश

प्रदेश सांसदबाट पत्रकारको परिवारलाई सहयोग

काठमाण्डौ । गुल्मीबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का प्रदेश सांसद सुदर्शन बरालले स्तन क्यान्सरको उपचार गराइरहेकी पत्रकार जनार्दन घिमिरेकी श्रीमती शारदा घिमिरेलाई १२ हजार सहयोग गरेका छन् ।

राससका जिल्ला समाचारदाता एवं नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष घिमिरेलाई तम्घासमा आर्थिक सहयोग गरेर बरालले आफ्नो सार्वजनिक कामको थालनी गरेका हुन् ।

नेपाल क्यान्सर अस्पताल हरिसिद्धी र भारतको राजीव गान्धी अस्पतालमा शल्यक्रिया गराएकी श्रीमती घिमिरे हाल काठमाण्डौमा उपचाररत छिन् ।

‘समाजमा धेरै धन हुनेहरु छन् उनीहरुको मनले सम्झेन, तर ऋण खोजेर चुनाव लडेका एक साँसदले सम्झनुभयो, खुशी लागेको छ’, पत्रकार घिमिरेले भने ।