पु.समाचार

प्रहरी चौकी नजिकै सुरुङ खनेर ६ घरबाट लाखौंको चोरी

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा प्रहरी चौकी नजिकै सुरुङ खनेर चोरी भएको छ । अज्ञात समूहले कर्जन्हा नगरपालिका ११ का ६ घरमा सुरुङ खनेर लाखौंको चोरी गरेको हो ।

सरोज पासमान, धर्मेन्द्र पासमान, रामपुजन पासमान, प्रेमा यादवको घरमा सुरुङ खनेर चोरी भएको हो । यस्तै, रामबहादुर राउत र जयकिशोर महराको घरमा सुरुङ खनेर चोरी भएको हो ।

सरोजको घरवाट १ लाख २० हजार नगद, आधा तोलाका सुनका गरगहना र लत्ताकपडा चोरी भएको छ । धर्मेन्द्रको घरबाट २० हजार नगद र आधा तोला सुनका गहना, प्रेमा यादवको घरबाट ४० हजार, रामपुजन घरबाट ४० हजार नगद, सुनका आधा तोलाका गरगहना चोरी गरेको प्रहरी चौकी कर्जन्हाले जनाएको छ ।

प्रहरी चौकीदेखि २ सय मिटरको दूरीमा सुरुङ खनेर चोरी भएको हो ।