राजनीति

जब देउवाले दाहाललाई पाँच वर्ष प्रधानमन्त्री बनाउने पत्र लेख्न खोजे…

काठमाण्डौ । ‘मलाई बहुत दुःख लाग्या छ’, शेरबहादुर देउवाले भने ‘हाम्रै साथीहरुले धोका दिए ।’ प्रत्यक्षतर्फको निर्वाचन परिणाम आइसकेपछि बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटको सुरुमै प्रधानमन्त्री देउवाले यस्तो परिणाम आउनुका पछाडि आफ्नो स्प्रिटलाई सहकर्मीहरुले बुझ्न नसकेको कुरालाई कारकका रुपमा प्रस्तुत गरे । तर, त्यो भेटको मुख्य मक्सद थियो, माओवादीलाई फकाउने । ‘पाँच वर्षका लागि तपाईं’, शेरबहादुरले यसो भन्दा दाहाल मुसुक्क हाँसे । पत्याएनन् कि भनेर फेरि दोहो¥याए, ‘मान्नुस् न मैले भनिसकें ।’ फेरि पनि दाहालले जवाफ दिएनन् ।

‘आखिर हिजो पनि तपाईंसँग कुरा मिलेकै हो । फेरि पनि कुरा मिल्न सक्छ ।’ अर्थात शेरबहदुर माओवादीलाई पाँच वर्ष प्रधानमन्त्री दिने कुरामा लिखित गर्नुपर्ने त्यसका लागि पनि तयार रहेको बताइरहेका थिए । दाहालचाहिं सुनिमात्र रहे ।

दाहालले भने, ‘त्यस्तो सम्भावना तत्काल छैन । हामी पार्टी एकताको तहमा पुगिसक्या छौं । केपीजी पनि तपाईंहरुसँग दूरी बढाएर होइन, मिलेरै जाने पक्षमा हुनुहुन्छ ।’ शेरबहादुर चाहिं केपीसँग अलिक बढी क्रुद्ध रहेछन् । भने, ‘केपीजीको के कुरा गर्ने ?’ चुनावी भाषणका क्रममा व्यत्तिगत तहमा ओर्लिएर उम्मेदवारबारे गरिएका विश्लेषणजस्ता कुरामा रहेछ केपीसँग शेरबहादुरको चित्त नबुझेको ।