राजनीति

अध्यादेश पास भएपछि काँग्रेस एक सेकेण्ड पनि सरकारमा बस्दैन-नेता सिहँ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले कम्न्युष्प पार्टी भनेको भएको कुरालाई पनि नभएको भनेर ढाँट्ने भएके बताएका छन् ।
बिहा नै नगरी बच्चा जन्मिन्छ जस्तो कुरा गरिरहेको भनदै सम्बन्ध नै नभइ बच्चा जन्मिन्छ जस्तो गरी अध्यादेश पास नगरी काँग्रेसले सरकार नछाड्ने बताएका छन् । काँग्रेस खत्तम रैछ भनेर मात्र हुंदैन, काँग्रेसको कमजोरी भनेको बिपक्षीले लगाएको आरोपलाई खण्डन गर्न नसक्नु भन्दै, प्रकृया पुरा हुने बित्तिकै सरकार छाड्नेमा ढुक्क हुन आग्रह गरेका छन् ।
काँग्रेसले प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्ने पनि उनले काठमाण्डौमा बुधबार सम्बन्न भएको एक कार्यक्रममा बताएका छन् । कार्यक्रममा छोटो बोल्न थाले पनि आफू लामो बोल्ने बानी नै परेको भन्दै सोसल मिडियामा डेमोक्र्याट्सलाई सिखल्ली उडाउने खाल्का गिितबिध देखिएको भन्दै धरातलमा गएका मात्र काँग्रेसलाई चिन्न आग्रह गरेका छन् ।
उनले राष्ट्रपति बिद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीको उक्साहटमा अध्यादेश पास नगरेको आरोप समेत लगाएका छन् । अध्यादेश पास नगरेसम्म राजीनामा दिन नमिल्ने संबैधानिक ब्यबस्था अनुसार काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले राजीनामा नदिने समेत स्पष्ट पारेका छन् ।
काँग्रेसलाई सत्ता लम्ब्याउने राणनीतिमा नभएको भन्दै राष्ट्रिय सभा गठन गर्न संबैधानिक अड्चन हुने बताएका छन् ।
माओबादी केन्द्रका नेताहरुले सरकार समेत नछाडेको आरोप लगाउदै जनता काँग्रेस आफ्नो पाटी भएकोले जति गाली गरेपनि हुने भन्ने देखिएको छ । कार्यक्रमा अध्यादेश अहिले भन्दा पनि दुई महिना अगाडी पठाएको खुलाएका थिए ।