आर्थिक

रेनो सुप्पर हिट स्किम संचालनमा

काठमाडौ । रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स्ले ‘रेनो सुप्पर हिट’ स्किम संचालनमा ल्याएको छ । जाडो यामको अवसर पारेर कम्पनीले उपभोक्तालाई ध्यानमा राख्दै उक्त स्किम संचालनमा ल्याएको हो । जस अन्तर्गत ग्राहकले ६ लाख ५० हजारसम्मको फाइदा लिन सक्ने छन् । उक्त स्किममा रेनोका कुनैपनि कार खरिद गर्दा ग्राहकले छुट सुबिधा पाउने छन् ।

रेनो सुप्पर हिट स्किमको ट्यागलाईन ‘ चिऽऽऽसो विन्टरमा हट अफर ’ रहेको छ । यस स्किम अन्तर्गत ग्राहकहरुले ६ लाख ५० हजारसम्मको फाइदा लिन सक्ने छन् । साथै एक बर्षको निशुल्क बीमा, एक बर्षको निशुल्क रोड ट्याक्स (सडक दस्तुर कर), दुई बर्षसम्म निशुल्क सर्भिसिङ साथै १ लाख सम्मको एक्स्चेन्ज बोनस पाउने सक्नेछन् । यो योजना रेनोका सबै डिलर तथा शोरुमहरुबाट प्राप्त गर्न सकिने छ ।

यो बर्ष रेनो नेपालले आफ्नो नयाँ सर्भिस सेवा थप गरेको छ भने आवश्यकता अनुसार शोरुम र सर्भिस सेन्टर थप्दै लाने योजना बनाएको छ । रेनोका ग्राहकलाई मध्येनजर गर्दै रेनो नेपालले ‘वर्कशप अन हुइल’ (वाउ) नामक सर्भिस भेइकल रेनोको उपभोक्ताहरुलाई सेवा पुर्याउन सुरुवात गरेको छ । रेनो नेपालले पहिलो पटक अत्याधुनिक सर्भिस सेन्टर सहितको यो सेवा ल्याएको हो । रेनोको यो सर्भिस भेइकल हालका लागि बिशेष गरि काठमाडौँ उपत्यकाभरि फैलिएर रहेका आफ्ना ग्राहकहरुलाई प्रभावकारी र अत्यावस्यक समयको बेला तत्पर सेवाहरु प्रदान गर्न शुरु गरेको छ ।