आर्थिक

एन आई सी एशियाको बाजुरा शाखा मार्तडीमा उद्घाटन

कठमाण्डौ । एन आई सी एशिया बैंकले अति दुर्गम तथा ग्रामिण भेगमा समेत आफ्नो सेवा बिस्तार गर्ने रणनीति अन्तरगत यस बैंक र UKaid को लगानीमा सञ्चालित सक्षमAccess to Finance सँगको सहकार्यमा बडीमालिका नगरपालिका वार्ड नं. ८, मार्तडीमा साउन २२ देखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको आज नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेलको प्रमुख अतिथ्यता आयोजित एक समारोहकाबीच बडीमालिका नगरपालिकाका मेयर श्री पदम बडुवालबाट विधिवत् उद्घाटन गरेको छ ।

“साथी सँगै सक्षम बन्दै” भन्ने नाराका साथ अगाडी बढाईएको यस सहकार्यबाट एन आई सी एशिया बैंकले अङ्गिकृत गरेको “बैंक पनि, साथी पनि” भन्ने नारा अझ जनप्रिय बन्ने विश्वास लिएको छ । यस बैंकले मार्तडी शाखा अतिरिक्त उक्त जिल्लामा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा स्थापना गर्नेछ । सक्षम यु. के. एड द्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डि एफ आई डि नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँगको साझेदारीमा नेपालमा कार्य गरिरहेको छ ।

समुद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक श्री पौडेलज्यूले ग्रामिण तथा दुर्गम स्थानका जनताहरुबीच बैकिङ्ग पहुँच अभिबृद्दि गर्ने कार्यमा सक्षम तथा एन आइ सी एसिया बैंकको साझेदारी सहीतको यस कार्यक्रमले सम्पुर्ण क्षेत्रमा बैंकको पहुँच पु¥याउने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नितीलाई थप सहज बनाएको धारणा राखे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बाजुरा शाखाको समुद्घाटन सँगै हाल यस बैंकले नेपाल भरी १४९ शाखा कार्यालयहरु र १४१ ए टि एम काउन्टरहरुबाट ग्राहकमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजारक्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।