खेलकुद

एभरेष्ट प्रिमिएर लिगः ललितपुरमाथि विराटनगरको सानदार जित

काठमाण्डौ । नेपालमा भएको सर्वाधिक राशिको एभरेष्ट प्रिमिएर लिग(इपिएल) क्रिकेटमा विराटनगर वारियर्सले ललितपुर प्याट्रियट्समाथि सानदार जित निकालेको छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान र उपकप्तान रहेका पारस खड्काको टिमले १५१ रनको लक्ष्य पछ्याएको ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन मात्र बनायो ।

यसअघि पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १५० रन बनाएको थियो । उसका लागि अनिलकुमार साहले ४७ रन बनाए भने कप्तान पारसले ३८ र बाबर हायातले ३४ रन जोडे ।