राजनीति

रसुवागढी नाका पुगेर केपी ओलीले यसो भने

रसुवा । नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले देशमा तीव्र परिवर्तनको खाँचो रहेको बताएका छन् । मंगलबार उत्तरी नाका रसुवागढी निरीक्षणमा निस्किएका बेला टिमुरेमा आयोजित स्वागत तथा बधाई कार्यक्रमम उनले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘देशमा लामो समयको बलिदानी र संघर्षपछि परिवर्तनको खाँचो छ । राष्ट्र सेवक र नेपाली जनताले आफ्नो बलिदानी परिवर्तनका लागि दिएकाले अब परिवर्तन जरुरी छ ।’ उनले अब देशमा बाम नेतृत्वमा सरकार र विकासका पाइला अघि बढ्‍ने बताए ।

निरीक्षणमा अध्यक्ष ओलीसहित एमालेका प्रमुख नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्‍वर पोखरेललगायत सहभागी छन् ।